काठमाडौ । नेपालकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने भएको छ ।

जसका लागि स्नातक तह प्रथम बर्षको परीक्षा आवेदन फारम अनलाईन भराई रहेको छ ।

जसका लागि आज नै अन्तिम मिति हो । त्रिवि केन्द्रीय परीक्षा समितिको ४ गते बसेको बैठकले अन्तिम पटकका लागि असार ७ गतेसम्म परीक्षा फारम भरिसक्नुपर्नेगरी म्याद थप गरेको थियो ।

आज नै अन्तिम दिन हो । तपाईको छुटेको छ भने अहिले नै तलको सूचना हेरेर सोही बमोजिम फारम भर्नुहोला । आफूले हेरिसकेपछि यो जानकारी सेयर गर्न नभुल्नुहोला ।

त्रिविले असार ७ गते पछिको निषेधाज्ञाको स्वरुप केही सहज भएकाले परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साता भित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो ।

व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् ।

उक्त बाँकी रहेका परीक्षा सकेपछि मात्रै परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुनेछ । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन । कानुन, शिक्षा, कला, इन्जिनियरिङ्ग, मेडिकल तर्फका विद्यार्थी मर्कामा परेका छन् ।

बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रमा नै सञ्चालन हुने नियन्त्रक जोशीले बताए । उनले भने, ‘परीक्षा दिइरहेका विद्यार्थीको प्रश्नपत्र सम्बन्धित केन्द्रमा गइसकेकाले केन्द्र परिवर्तन गर्न गाह्रो छ ।

किनकी त्यही बेला परीक्षाको तयारी भएको थियो । प्रश्नपत्र केन्द्रमा गइसकेका छन् । ’करिब साढे दुई लाख परीक्षार्थी परीक्षाको पर्खाइमा रहेको र उनीहरुले पायक पर्ने स्थानमा केन्द्र रोज्न दिएर परीक्षा गराउन अनुरोध गरिरहेको परीक्षा नियन्त्रक जोशीले बताए ।

त्यसैले उनीहरुले आफूलाई पायक पर्ने गरी परीक्षा केन्द्र रोजी परीक्षा दिन पाउने व्यवस्था हुनेछ । उनीहरुको हकमा भने परीक्षा केन्द्र रोज्नका लागि समय तोकिने छ । असार ७ गतेसम्म फाराम भर्न सकिने गत स्नातक पहिलो वर्षको परीक्षा फाराम अनलाइन खुलाइएको थियो । फाराम भर्न प्राविधिक समस्या आएपछि पायक पर्ने आंगिक क्याम्पसमा फाराम भर्ने व्यवस्था गरियो ।

जेठ मसान्तसम्म फाराम भर्ने अन्तिम समय तोकिएपनि विद्यार्थीले समय बढाउन माग गरेपछि आजसम्म समय दिइने नियन्त्रक जोशीले बताए । उनले भने, ‘असार ४ गतेसम्म अन्तिम समय तोकिए पनि विविध कारणले विद्यार्थीले फाराम भर्न नसकेको गुनासो आइरहेकोले सात गतेसम्म समय बढाइएको छ ।’

१४ सय विद्यार्थी भएको क्याम्पसमा बिहीबार मध्यान्हसम्म ११ सय जनाले मात्रै फाराम भरेको जानकारी पाएको जोशीले बताए । परीक्षा भौतिक उपस्थितिमा हुने । त्रिविले सञ्चालन गर्ने सबै परीक्षा भौतिक उपस्थितिमा नै हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । अनलाईन परीक्षा फाराम भर्न नसक्ने अवस्था रहेका विद्यार्थीलाई अनलाइन परीक्षा गराउन सम्भव नहुने परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् ।

उनले भने ‘परीक्षा फाराम भर्न समस्या हुने स्थानका विद्यार्थीहरु छन् । परीक्षा गराउन त सम्भव छैन । त्यसैले विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा दिन पाउने व्यवस्था हुनेछ । परीक्षा तालिका सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यलयले गरेको छ । साथै असार १० पछि केही दिनको लागि परीक्षा केन्द्र रोज्ने अवसर दिइनेछ ।

 

सम्बन्धित खबरहरु