काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार नवनिर्वाचित इरानी राष्ट्रपति एब्राहिम राइसीलाई एक बधाई सन्देश पठाई उहाँ इरानका राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा शुभकामना दिनुभएको छ ।

सन्देशमा राइसीको कार्यकालमा चीन र इरानबीचको सम्बन्धमा थप सुधार आउने विश्वास व्यक्त गरिएको छ ।

शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सीले चीन र इरान चौतर्फी रणनैतिक साझेदार हुनुका साथै चालू वर्ष दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव भएको स्मरण गर्नुभएको छ ।

इरानी राष्ट्रपति राइसीसँग मिलेर दुई मुलुकको रणनीतिक सहकार्यलाई बढाउने, राजनीतिक तथा सामाजिकरूपमा रहेको पारस्परिक विश्वासलाई सुदृढ पार्ने सीले बताउनुभएको छ ।

विभिन्न क्षेत्रमा दुई मुलुकको पारस्परिक हितयुक्त सहयोगलाई विस्तार गर्ने र सबल पार्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु