काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ ।

विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको हो । यी विद्यार्थीको परीक्षा भदौभित्र गर्ने त्रिविको योजना छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले सङ्क्रमणको अवस्था सामान्य हुँदै गए अब विश्वविद्यालयका अन्य परीक्षा नियमित रूपमा सञ्चालन गर्दै जाने बताउनुभयो ।

अर्कोतिर त्रिविले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।

स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

त्रिविले साउन ५ गतेदेखि सबै परीक्षा सञ्चालन गर्ने

सम्बन्धित खबरहरु