काठमाडौं । आज बिहानैदेखि देखिएको नेपाल टेलिकम (एनटिसी) को समस्या दुई घण्टा भन्दा लामो समयपछि समाधान भएको छ ।

जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको हो ।

टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको थियो ।

टेलिकमका सूचना अधिकारी तिलक शर्माका अनुसार अहिले त्यो समाधान भएको छ ।

फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु दुई घण्टासम्म हैरान भएका थिए ।

सम्बन्धित समाचार

आज बिहानैदेखि एनटिसीका नम्बरमा फोन नलाग्ने समस्या, कारणबारे बोल्यो टेलिकम

यो पनि, भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते हुनुभएको थियो ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताउनुभयो ।

सम्बन्धित खबरहरु