काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकार सविन आचार्यको उपचारका लागि रु २५ हजार सहयोग गरेका छ ।

एपेन्डिक्सको बिरामी पर्नुभएका उपत्यका समन्वय समिति लाजिम्पाटका सदस्य आचार्यलाई प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष बिजीले कलाकार कल्याणकारी कोषबाट रकम उपलब्ध गराएको बताउनुभयो ।

प्रतिष्ठानले बिरामी परेका कलाकारको उपचारमा सहयोग गर्नुका साथै अन्य समस्यामा परेका कलाकारलाई पनि सहयोग गर्दै आएको छ ।

प्रतिष्ठानले लकडाउनका कारण मारमा परेका ७०० कलाकारलाई करिब रु १५ लाखको खाद्यान्न वितरण गरिसकेको छ ।

राहत सङ्कलनलाई जारी राखेकाले कुनै पनि कलाकार भोकै बस्नुपर्ने स्थिति नरहेको अध्यक्ष बिजीले बताउनुभयो ।

यो पनि, मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन ।

नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा बाढी आउँदा हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा ठूलो धनजनको क्षति भएको थियो ।

बाढमिा सयौँ घर बगाउनुका साथै मानवीय क्षतिसमेत भएको थियो । मेलम्ची–६ मा रहेको तेर्से माध्यमिक विद्यालयमा समेत क्षति पु¥याएको थियो ।

विपद्को यस घडीमा पीडितहरुलाई सहयोग गर्नु र नगरपालिकालाई साथ दिनु कर्तव्य ठानी उक्त सहयोग गरिएको ढुङ्गानाले बताउनुभयो ।

सम्बन्धित खबरहरु