अभिनेता आर्यन सिग्देलको हातमा फिल्मको अभाव छैन । द्वन्द्वात्मक  फिल्म नचलेपनि आर्यनलाई लिएर फिल्म बनाउनेहरुको लाइन नै छ । उनै आर्यन यतिबेला गोपिकृष्ण मुभिजको ब्यानरमा बनिरहेको फिल्म 'होमवर्क'मा व्यस्त छन् ।
आर्यनले 'होमवर्क'को व्यस्त सेड्यूल छाडेर मुम्बइको यात्रा तय गरेका छन् । आर्यन ५ दिन मुम्बइ बस्नेछन् । नेपालीहरुले आयोजना गरेको एक सांकृतिक कार्यक्रममा भाग लिन आर्यन मुम्बइ पुगेका हुन् ।
बिहिबार र शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिएर आर्यन नेपाल फर्कनेछन् । आर्यनलाई विदेशमा आयोजना भएका सांकृतिक कार्यक्रममा कमै मात्र पुगेको देखिन्छ । आर्यन सांकृतिक कार्यक्रममा अतिथीको रुपमा सहभागी हुनेछन् ।

सम्बन्धित खबरहरु