
अभिनेत्री करिना कपुर पनि अहिले यस्तै धम्कीको शिकार भएकी छिन् । करिनालाई विश्व हिन्दु परिषदका महिलाहरुले प्रकाशित गर्दै आएको एक म्यागेजिनमा लभ जिहाद भनेर तस्बिर प्रकाशित भएको थियो । हिन्दु भएर मुसलमानसँग बिहे गरेको भन्दै करिनाको चर्को आलोचना गर्दै म्यागेजिनमा उनको अनुहारको एक भागमा नकाव राखिएको थियो ।
यसपछि करिनालाई धम्की आउन थालेको समेत भारतीय केही मिडियाले जनाएका छन् । करिनाले आफूलाई असुरक्षित महशुश गर्दै सुरक्षा गार्ड बढाएकी छिन् । करिनाको बान्द्रा स्थित घरमा २ बडीगार्ड थपिएको छ । करिनाले भने आफूलाई धम्की आएर सुरक्षागार्ड थपेको अस्विकार गरेकी छिन् ।