लन्डन । बेलायतमा शनिबार फेब्रुअरीपछिकै उच्च नयाँ संख्यामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।

आज एकैदिन १८२७० नयाँ कोरोनाभाइरस संक्रमण रेकर्ड गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यो फेब्रुअरी ५ पछि सबैभन्दा उच्च वृद्धि हो । आज २३ जना व्यक्तिको मृत्यु भएको आधिकारिक तथ्यांकले देखाएको छ ।

बेलायतमा पछिल्ला दिनहरुमा दिनानुदिन कोरोना पोजेटिभका घटनाहरु बढ्दै छन् ।

तर त्यहाँ तिव्र गतिको खोप कार्यक्रमले संक्रमण र मृत्युको बिचमा ठूलो संख्या गिरावट गराउने काम भएको देखिन्छ ।

संक्रमण फैलिने सम्बन्ध बिच्छेद खोपले गरेको देखिन्छ । शुक्रवार बेलायतमा १५८१० नयाँ संक्रमित थपिएका थिए ।

आज शनिबार त्यहाँ बृद्धि भएको छ । बेलायतमा पूरा वयस्क जनसंख्यामा ८३ दशमलव ७ प्रतिशतले एक डोज र ६१ दशमलव २ प्रतिशत दुबै डोज खोप लगाइसकेका छन् ।

प्राप्त जानकारी अनुसार खोप लगाएकाहरुमापनि संक्रमण देखिएको छ । तर स्वास्थ्य खराब हुनेहरुको संख्या भने खोप लगाएकाहरुमा कम छ ।

सम्बन्धित खबरहरु