काठमाडौ । ब्रिटिश गोर्खा सैनिकमा एउटा गज्जबको इतिहास बनेको छ । दाजुभाई नै भर्ती त धेरै थियो ।

त्यसमापनि एकसाथ दाजुभाई त्योपनि जुम्ल्यिाहा भर्ती हुँदै एउटा इतिहास बनाएका छन् ।

भोजपुर ट्याम्के मैयुङ गाउँपालिका– गोगनेका दाजुभाइ एकसाथ भर्ती भएका हुन् । पोखरामा भएको भर्ना छनौट चरण पार गर्दै दाजु धैर्यशील राई र भाइ क्रियाशील राई एकसाथ गोर्खा भर्ती भएका हुन् ।

दाजु धैर्यशील बीबीए सातौं सेमेष्टर र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै थिए । उनीहरु भर्ती भएको खबरले गाउँ नै उज्यालो भएको छ ।

बाबु आमा हर्सित भएका छन् । भर्तीको अन्तिम नतिजा आएपछि जुम्ल्याहा दाजुभार्इले आमा बाबु भनेको नै ईश्वर भएको प्रतिक्रिया दिएका छन् ।

जन्माएर, हुर्काएर, योग्य बनाउने बाबु आमा भन्दा ठूलो ईश्वर दुनियाँमा अरु कोही छैन उनीहरुले एकसाथ भने ।

उनीहरुले अरु देवता खोज्दै पुज्ने भन्दा आफ्नै जन्मदाता र जन्मभूमिलाई बेला बेला पूजा गनै फर्किने उनीहरुको बचन छ ।

उनीहरुले भने बेलायत जागिर खान जाने हो । जन्मदाता र मातृभूमि कहिलै भुल्दैनौँ ।

धैर्यशील र क्रियाशीलका बुवा शिवकुमार भने छोराहरुलाई नेपाल सरकारकै अधिकृत बनाउन चाहन्थे ।

छोराहरु भर्ती भएर जाउन भन्ने नलागेको बताउँदै शिवकुमारले उनीहरुले आफ्नो इच्छा पूरा गरेकाले त्यसमा आफू खुशी भएको बताए ।

शिवकुमारका दाइ परिवारसहित बेलायतमै छन् । २१ वर्षीय जुम्ल्याहा दाजुभाइले लामो समयदेखि काठमाडौंकै क्लासरुपमबाट तालिम लिएका थिए । यसपटक ब्रिटिश गोर्खा सैनिकमा अहिलेसम्मकै बढी संख्यामा भर्ना लिएको छ । ५४ जिल्लाका २३ जातजातिका ४३२ जना युवा भर्ती भएका छन् ।

 

सम्बन्धित खबरहरु