काठमाडौं । साउदी सरकारले उठाएको एक कदमले विश्व खुशी भएको छ ।

साउदी अरेबियामा तीन बर्षको कारागारपछि एक सामाजिक कार्यकर्तालाई रिहा गरियो ।

लेखक तथा सामाजिक कार्यकर्ता नसिमा अल सदाको रिहाई पछि समर बडावीलाई पनि रिहा गरिएको हो ।

खाडी क्षेत्रका केही सञ्चारमाध्यमहरुमा यो खबरको पुष्टि भएको छ । साउदी अरेबियामा मानवअधिकारका लागि काम गर्ने संस्था अल–खलिज अल–जदीदले ट्विटरमार्फत यी दुई कार्यकर्ताको रिहाइको बारेमा जानकारी दिएको छ ।

सामर बडावी साउदी अरेबियामा पहिलो महिला थिइन, जसले महिलालाई गाडी चलाउन, भोट हाल्ने र चुनावमा भाग लिन अधिकारको माग गर्दै याचिका दायर गरेकी थिइन् ।

उनीमाथि सउदी अरेबियामा २०१४ देखि यात्रा प्रतिबन्ध लगाइएको थियो । सामर विगतमा पनि धेरै पटक पक्राउ परेकी थिइन् ।

सन् २०१८ मा, क्यानडाले साउदी अरेबियासँग समर बडावीको रिहाइको माग गरेको थियो । त्यसपछि दुई देशहरूबीच कूटनीतिक संकट उत्पन्न हुन पुग्यो । साउदी अरेबियाले क्यानाडाका राजदूतलाई निष्कासित गरेर आफ्ना राजदूतलाई ओटावाबाट फिर्ता बोलाएको थियो ।

समरका दाइ र ब्लगर रईफ बदावी पनि इन्टरनेटमा विवादास्पद अभिव्यक्ति दिएको आरोपमा १० बर्षको जेल सजाय भोग्दैछन् । नसीमा अल सदा साउदी अरेबियाको कतिफ क्षेत्रकी हुन् । उनले महिला र शिया अल्पसंख्यकको पक्षमा आवाज उठाउँदै आएकी थिइन् ।

उनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । गत वर्ष बन्द कोठामा भएको सुनवाईपछि ५ बर्षको जेल सजाय सुनाइएको थियो । एम्नेस्टी इन्टरनेशनल, मानव अधिकारका लागि काम गर्ने एक अन्तर्राष्ट्रिय संस्थाले उनको रिहाइको लागि जोडदार रुपमा आवाज बुलन्द गर्दै आएको थियो ।

उनको मुख्य अपराध पुरुषहरूको दबदबा रहेको साउदीमा सामाजिक सुव्यवस्थाको अन्त्यको समर्थनमा अभियान चलाउनु रहेको थियो । सोही क्रममा नसिमा अल सदा र समर बदावीलाई पक्राउ गरिएको थियो ।

नसीमाले मानव अधिकार जस्टिस सेन्टर नामको संगठन पनि शुरू गरिन्, तर साउदी अरेबियामा यसलाई चल्न दिइएन । नसीमा पक्राउ परेको बेला अन्य केही महिला अधिकारकर्मीहरु पनि पक्राउ परेका थिए । उनीमाथि विदेशी शक्तिको लागि काम गरेको आरोप लगाइएको थियो ।

 

सम्बन्धित खबरहरु