काठमाडौं । सन् २०२० को चुनावमा सम्मानजनक हार व्यहोरेपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ठूलो राजनैतिक सभामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्नुभएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पले ओहायोको वेलिङ्ग्टनमा भएको एक विशाल जुलुसमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्नुभएको हो ।

उहाँले आफ्नो पुरानो दाबी दोहोर्‍याउँदै २०२० को राष्ट्रपति चुनावको नतिजा सत्य नभएको बताउनुभयो ।

ट्रम्पले जो बाइडेन प्रशासनको पहिलो ५ महिनाको कार्यकाल असफल भएको बताउनुभयो ।

उहाँले आप्रवास र अपराधको मुद्दा उठाएर बाइडेन सरकारलाई असफल भन्नु भएको हो ।

ट्रम्पले रिपब्लिकन पार्टीमा भएकाहरूको पनि आलोचना गर्नुभएको छ । आलोचित हुने नेताहरुमा गत जनवरीमा क्यापिटल हिल प्रकरणपछि महाभियोग प्रस्तावको पक्षमा मतदान गर्नेहरु रहेका छन् ।

ट्रम्पले एन्थोनी गोन्जालेजका विपक्षी मैक्स मिललाई अर्को वर्ष ओहायोको मध्यावधि चुनावमा आफ्नो समर्थनको घोषणा पनि गर्नुभयो ।

सम्बन्धित खबरहरु