एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तले भवन भत्किँदा हराएकाहरुमा ९ जनाको लाश भेटिएको छ ।

अझै १५० जना भन्दा बढी हराएको जनाइएको छ । खोजी तथा उद्धारको काम जारी छ ।

स्थानीय अधिकारीहरुका अनुसार अझै १५० भन्दा बढी बेपत्ता भएका छन् । भवन भत्किँदा कति व्यक्ति थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

यो भवन सन् १९८० मा मियामीको उत्तरी क्षेत्रस्थित सर्फसाइड टाउनमा निमार्ण भएको थियो ।

https://twitter.com/XHNews/status/1409185771051835397

बीबीसीका अनुसार भवनमा २३० वटा फ्ल्याट थिए । जसमध्ये आधाभन्दा बढी फ्ल्याट ढलेका छन् ।

बिहीवार अमेरिकाको फ्लोरिडा राज्यको मायामिमा समुन्द्री तट नजिकै आंशिक रूपमा ढलेको १२ तले अपार्टमेन्ट भवनमा उद्धारकर्ताले खोजी कार्य जारी राखेका छन्।

सुरक्षा क्यामेराले खिचेको भवन भत्किएको क्षणले दुनियाँ स्तब्ध पारेका छ ।

एक प्रत्यक्षदर्शीले सीबीएस मियामी च्यानलसँगको कुराकानीका क्रममा भने– ‘हामीले ठूलो र चर्को आवाज सुन्यौ, हामीलाई कुनै मोटरसाइकलको आवाज हो कि भन्ने लागेको थियो, तर हामीले पछाडि फर्किएर हेर्दा धुवाँको ठूलो बादल देखिएको थियो ।’

अर्का एक व्यक्तिले भने त्यसबेलाको दृष्य सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कका जुम्ल्याहा टावरहरु सकिदा भएको बेलाको जस्तो देखिएको बताए ।

 

सम्बन्धित खबरहरु