काठमाडौ । लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले अति जरुरी सूचना जारी गरेको छ ।

आज सूचना जारी गर्दै यसअघि स्थगित गरेका सबै परीक्षा साउनदेखि शुरु गर्ने जानकारी दिएको छ ।

आयोगले आज मंगलबार सूचना निकालेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने जनाएको हो।

आयोगले खरिदार, नायब सुब्बा, अधिकृत र उपसचिवस्तरका प्राविधिक र अप्राविधिक पदका प्रथम र द्वितिय चरणका लिखित परीक्षा कार्यक्रम सञ्चालन गर्ने उपसचिव एकनारायण शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सूचना तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?

नेपालको संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ ।

राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ ।

यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त हुनेछन् भन्ने उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु