काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा सहयोगका लागि आवेदन वा सिफारिस पेस गर्ने सम्बन्धी सूचना प्रकाशित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, ‘मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान वा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई यही २०७८ साल असोज १ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट पाँच–पाँच लाख रुपियाँ राशिको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा सहयोग प्रदान गर्ने प्रयोजनका लागि नामावली सङ्कलनको प्रक्रिया सुरू गरिएको छ ।

अतः प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण मापदण्ड, २०७८ बमोजिम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र देहाय अनुसार आवेदन आह्वान गरिएको छ ।’

आवेदन पेस गर्ने र सम्पर्क ठेगाना : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद शाखा सिंहदरबार, काठमाडौं रहेको छ ।

सम्बन्धित खबरहरु