काठमाडौं । आज मिति विक्रम सम्वत असार १७, २०७८, बिहीवार, १ जुलाई २०२१, नेपाल सम्वत तछलागा, ११४१ ।

सप्तमी, आषाढ कृष्णपक्ष । आज सूर्योदय ५ः१३ मा भयो भने सूर्यास्त १९ः०२ हुनेछ ।

नक्षत्र पूर्वभाद्रपदा , ६ः०० बजे उप्रान्त उत्तरभाद्रपदा । तिथि सप्तमी, १७ः१८ बजे उप्रान्त अष्टमी ।

करण वव १७ः१८ बजेदेखि वालव , २९ः३९ बजे उप्रान्त तैतिल । योग सौभाग्य, १४ः५९ बजे उप्रान्त शोभन । आजको राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ : आफ्नो बोलीलाई नियन्त्रण गर्नुहोस्, तपाईंको आहारमा ध्यान दिनुहोस् र केरा दान गर्नुहोस् ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो : उपहार प्राप्त हुने योग छ, जागिर परिवर्तन हुनसक्छ ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह : धन लाभको योग देखिएको छ । सन्तानसम्बन्धि सबै चिन्ता अन्त्य हुने देखिएको छ । लामो यात्राबाट बच्नुहोस् ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो : जीवनशैली सुधार हुनेछ । नयाँ सम्पत्तीको प्राप्ति हुने योग छ । तपाईंले आदर पाउनुहुनेछ ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे : तपाईंको स्वास्थ्यको ख्याल राख्नुहोस् । तपाईंको बोलीमा नियन्त्रण राख्नुहोस् र केरा दान गर्नुहोस् ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो : स्वास्थ्यको ख्याल राख्नुहोस् । पैसा पनि प्राप्त हुने देखिन्छ । तपाईंले क्यारियरमा सफलता पाउनुहुनेछ ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते : तपाईले आफ्नो जीवनसाथीको सहयोग प्राप्त गर्नुहुनेछ । आजको दिन पैसा पाउनुहुनेछ । सावधानीपूर्वक गाडी चलाउनुहोला ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु : नयाँ सम्पत्ति खरीद गर्न सक्नुहुन्छ । जागिर परिवर्तन हुने सम्भावना देखिन्छ ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे : स्वास्थ्यको ख्याल राख्नुहोस् । तनाव नलिनुहोस् । केरा दान गर्दा फाइदा हुने योग रहेको छ ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि : करियरमा सफलता प्राप्त हुनेछ । तपाईंले राम्रो समाचार प्राप्त गर्न सक्नुहुनेछ ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द : धन लाभको सम्भावना रहेको छ । चिन्ता हट्नेछ र करियर समस्याहरू पनि समाधान हुनेछन् ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि : तपाईले आदर पाउनुहुनेछ । करियरमा स्थिरता आउँने देखिएको छ ।

सम्बन्धित खबरहरु