काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ग्याल्थुम–४ निवासी सम्झना धिमाल लामिछानेको विगत ५ महिनादेखि सिभिल अस्पताल बानेश्वरमा ब्लड क्यान्सरको उपचार गराउँदै आउँनु भएको छ ।

परिवारका अनुसार हालसम्म करिब ३० लाख भन्दा बढी पैसा खर्च भैसकेको छ । अहिले आएर बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ ।

उक्त उपचारका लागि २५ लाख भन्दा बढी खर्च लाग्ने हुँदा परिवार तनावमा देखिएको छ ।

सम्झनाको घरको आर्थिक अवस्था कमजोर हुँदै गएपछि अहिले परिवार आफन्त, देश बिदेशमा हुने सम्पूर्ण आमाबाबु दाजुभाई दिदीबहिनीहरुसँग सहयोग माग्दैछ ।

सहयोगी मनहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गरिएको छ ।

सहयोगका लागि बिरामी सम्झना धिमाल लामिछानेको मेघा बैंक जोरपाटीमा खाता खुलेको छ । खाता नम्बर १९९००५००१८९६८ रहेको छ भने सम्पर्क नम्बर ९८४१३०९६२८ हो ।

बाल कृष्ण लामिछानेको खाता नम्बर ०७०००००७३३७९५२४ रहेको छ । अर्को सम्पर्क नम्बर ९८४९१६३७०७ पनि हो । उनका दाई विनोद धिमालले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सहयोगको अपिल गरेका छन् ।

उनले लेखेका छन, ‘हाम्री प्यारी बहिनी करिव ६ महिनादेखि रक्तक्यान्सर रोगको कठिन उपचार संघर्षरत छिन् । यसबीचमा करिव ३० लाख खर्च भईसक्यो । अब बोनम्यारो ट्रासप्लान्ट गर्न उत्तिकै खर्च गर्नुपर्ने रहेछ ।

हामीजस्ता सर्वसाधारणको राज्यमा पहुँच सहज अवस्था नहुँदा ठुलो रकमको उपचार गर्नुपर्दा सामान्य अवस्थाका तपाईं हामी जो कोहीलाई अप्ठ्यारो पर्छ । यसको बयान म कसरी गरौँ ?

तपाई मेरो आत्मिय साथीभाई ,आफन्त ,दाजुभाइ मान्यजन जो हुनुहुन्छ मेरी बहिनी तपाईंको पनि बहिनी,छोरीचेली, साथिभाई हो आफ्नै सम्झेर सकेको साथ सहयोग गर्नुभयो भने हामीलाई उपचार गर्न थप सहयोग हौसला मिल्ने थियो ।

देशविदेशमा रहनुभएका साथिभाई, आफन्त, मान्यजन सम्पूर्णमा नम्र अनुरोध गरे । हामी परिवारको तर्फबाट हजुरहरुले गरिरहनुभएको साथ सहयोग हौसलाप्रति हार्दिक नमन छ, उच्चस्तरीय मुल्यांकन छ ।’ बहिनीको शिघ्र स्वास्थलाभको कामना प्राथना ।

सम्बन्धित खबरहरु