काठमाडौं । जन्म कुन्डलीको प्रभाव हाम्रो जीवनमा गहिरो तरिकाले परिरहेको हुन्छ ।

राशिफलबाट मानिसको भविष्य जान्न सकिन्छ । त्यसैले आज हामीले तपाईंको राशिफल लिएर आएका छौँ ।

साताको पहिलो दिन आज (२० असार २०७८, आइतबार) को तपाईंको राशिफल यस्तो रहेको छ ।

मेष : मेष राशि भएकाहरुका लागि आजको दिन कष्ट, भय र चिन्ताबाट घेरिएको छ । विवेकपूर्वक कार्य गर्नुहोस् । समस्या समाधान हुन्छ । कानूनी अड़चन आएर स्थिति मनोनुकूल बन्ने देखिएको छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । कारोबारी लाभमा वृद्धि हुनेछ । जागिरे जीवनमा शान्ति हुने देखिन्छ । सहकर्मिहरुको साथ रहनेछ । आजको दिनमा धनार्जन हुने देखिएको छ ।

वृष : वृष राशि हुनेहरुले आजको दिन वाहन वा मेशीनरीको प्रयोगमा ध्यान दिनुपर्नेछ । मुल्यवान वस्तुहरू जोगाएर राख्नुहोस् । शारीरिक शिथिलता हुनेछ । काममा मन नलाग्न सक्छ । समय तपाईंको प्रतिकुल हुने देखिन्छ । आफ्नै व्यक्तिबाट प्रतिकुल व्यावहारको आशा गर्न सकिन्छ । पार्टनरसँत मतभेद हुन सक्छ । जागिरमा अपेक्षानुरूप कार्य नभएपछि आफुभन्दा अग्रज अधिकारीहरूको भनाई सुन्नुपर्ने हुनसक्छ ।

मिथुन : मिथुन राशि भएकाहरुका लागि यात्राबाट मनोनुकूल लाभ मिल्ने देखिन्छ । तपाईंको मनमा राजभय रहनेछ । हत्तारमा कुनै पनि खालको विवाद गर्नबाट बच्नुहोस् । थकान महसुस हुनसक्छ । कसैको व्यवहारबाट स्वाभिमानमा आँच आउँन सक्छ । अदालत र कचहरीको काम अनुकूल हुने देखिन्छ । धार्मिक कार्यक्रम हुन सक्छन् । पूजा–पाठमा मन लाग्न सक्ने योग छ । लाभको अवसर हात पार्न सक्षम हुन सक्नुहुन्छ ।

कर्कट : कर्कट राशि भएकाहरुका लागि आरामको समय बनेको छ । मनमा आशंका–कुशंका रहनेछन् । बहुमुल्य वस्तुहरू सुरक्षित राख्नुहोस् । नयाँ योजना बन्ने योग रहेको छ । कार्यप्रणालीमा सुधार हुनेछ । कारोबारीमा नयाँ अनुबन्ध हुन सक्छ । आयमा वृद्धि हुने देखिएको छ । सामाजिक कार्य गर्न प्रेरणा जाग्ने छ । घरबाहिर सोधखोज हुन सक्छ । प्रोत्साहनमा वृद्धि हुनेछ । प्रमाद नगर्नुहोस् ।

सिंह : सिंह राशि भएकाहरुका लागि आजको दिन प्रेम प्रसंगमा अनुकूल देखिएको छ । शुभ समाचार प्राप्त हुने योग छ । शारीरिक कष्टको समय छ । अज्ञात भय मनमा रहनेछ । लेन देनमा सचेत रहनुहोला । चिन्ता बढ्ने देखिएको छ । फिर्ता ल्याउन बाँकी रकम आउँन सक्छ । व्यावसायिक यात्रा लाभदायक हुने देखिन्छ । मित्रहरुलाई सहयोग गर्ने अवसर मिल्न सक्छ । उचित मान सम्मान प्राप्त हुनसक्छ । आयमा वृद्धि हुने पनि योग देखिएको छ ।

कन्या : कन्या राशि भएकाहरुले आजका दिनमा अप्रत्याशित कुराहरुमा खर्च गर्नुपर्ने हुनसक्छ । ऋण लिनुपर्ने हुन सक्छ । पुराना रोग पुनः शुरु हुन सक्छ । बोलीमा नियन्त्रण राख्नुहोस् । कुनै पनि अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नुहोला । चिन्ता र तनाब बनिरहने देखिएको छ । अपेक्षित कार्यहरुमा ढिलाई हुनेछ । व्यापार–व्यवसाय ठीकै छ । शत्रु शान्ति रहने देखिन्छ । ऐश्वर्य (नारीहरुको श्रङ्गार) मा खर्च बढ्नेछ ।

तुला : तुला राशि भएकाहरुका लागि आजको दिन भाग्योन्नति सफल हुने दिन हो । रोजगार प्राप्त गर्ने कुरामा सहजता हुनसक्छ । व्यावसायिक यात्राबाट लाभ उठाउनु हुनेछ । अप्रत्याशित लाभ होला । लगानीको क्षेत्रबाट शुभसमाचार आउँन सक्छ । कारोबारमा वृद्धिको योग रहेको छ । कुनै ठूलो समस्याको समाधान प्राप्त हुनेछ । तपाईंको मनमा प्रसन्नता होला । अरूको काममा हस्तक्षेप नगर्नुहोला ।

वृश्चिक : वृश्चिक राशि भएकाहरुका शत्रुहरु आज शान्त रहने देखिएको छ । वाणी (बोली) मा नियन्त्रण राख्नुहोस् । धेरै टाढाबाट शुभ समाचार प्राप्त हुने योग रहेको छ । तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा प्रतिष्ठित अतिथिहरूको आगमन हुन सक्छ । अनावश्यक कुरामा खर्च हुनेछ । जोखिम उठाउने साहस गर्न सक्नुहुनेछ । आम्दानीका श्रोतहरु बन्नेछन् । दुष्‍टजनहरुबाट टाढा रहनुहोला । आज दिनभरी कुनै पनि कुरामा धेरै चिन्ता र तनाव नलिनुहोला ।

धनु : धनु राशि भएकाहरुका लागि आजको समय मध्यम खालको रहेको छ । महंगा कुराहरुलाई सुरक्षित राख्नुहोला । शारीरिक स्वास्थ्यमा समस्या आएका कारण चिन्ता बढ्न सक्छ । परिवारका अन्य कुनै सदस्यहरूको स्वास्थ्यको चिन्ता पनि धेरै हुनसक्छ । कुनै त्यस्तो कार्य नगर्नुहोस्, जकारकाण शिर झुकाउनुपरोस् । आर्थिक उन्नति गर्न सफल हुने देखिएको छ । मित्रहरुलाई सहयोग गर्ने अवसर जुर्ने देखिएको छ । प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । धनार्जन पनि हुनेछ ।

मकर : मकर राशि भएकाहरुका लागि समय राम्रो छैन । आजको दिन विनाकारण भोगदौड बढ्नेछ । समयको अपव्यय पनि लगाउन सकिन्छ । टाढाबाट दुस्खद समाचार प्राप्त हुन सक्छ । विवादबाट तनाव हुनेछ । काममा मन नलाग्न सक्छ । लेन देनमा हत्तार नगर्नुहोस् । कुनै व्यक्ति विशेषसँग सामान्य विवाद हुनसक्छ । व्यापार(व्यवसाय ठीकै छ । आयमा निश्चितता हुनेछ ।

कुम्भ : कुम्भ राशि भएकाहरुका लागि आजको दिन रमाइलो बित्नेछ । कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर पाउनुहुनेछ । विद्यार्थी वर्ग सफलता पाउने मार्गतर्फ अगाडि बढेको छ । स्वादिष्ट भोजनको आनन्द उठाउन सक्नुहुनेछ । व्यापार–व्यवसायमा मनोनुकूल लाभ हुनेछ । सेयर मार्केट र म्युचुअल फन्डमा हात हाल्नुभन्दा पहिले राम्रासँग सोच्नुहोला । हत्तार नगर्नुहास्, समय अनुकूल छ ।

मीन : मीन राशि भएकाहरुको दिमागमा कुबृद्धिले वर्सच्च जमाउने देखिन्छ । स्वास्थ्यमा ध्यान दिनुहोस् । विवादबाट आफुलाई टाढा राख्नुहोस् । कुसंगतीबाट आफुलाई बचाउनुहोस् । भूमि र भवन सम्बन्धी समस्याको समाधान हुनसक्ने योग रहेको छ । ठूलो सम्झौताबाट नसोचेको लाभ पाउँनुहुनेछ । आयमा वृद्धि हुने देखिएको छ । परीक्षा र साक्षात्कार आदिमा सफलता प्राप्त हुनेछ । लगानीका लागि शुभ समय रहेको छ । भाग्यले साथ दिनेछ । जागिरमा अनुकूलता प्राप्त हुनेछ । मनमा प्रसन्नता हुनेछ ।

सम्बन्धित खबरहरु