काठमाडौ । खाना डेलिभरीवालाले निक्कै इमान्दारीता देखाएका छन् । उनले सडकमा पर्स भेट्टाए । पर्स नजिकैको प्रहरीलाई बुझाए ।

प्रहरीबाट हराउनेले पाएपछि निक्कै खुशी व्यक्त गरे । कोलकाताका २३ बर्षीय अरिजित कर्माकर खाना वितरण गर्ने कामदार हुन् ।

उनले स्पोर्ट्स क्लबको अगाडि सडकमा पर्स फेला परेका थिए। उनी त्यसबेला रेष्टुरेण्टको खाना डेलिभर गर्न गइरहेका थिए ।

पर्समा १०,२०० रूपैयाँ भारु र केही महत्त्वपूर्ण कागजात थिए । पैसाभन्दापनि पर्समा भएका कागजात अति महत्वपूर्ण थिए ।

जब उनले त्यसलाई उठाए र भित्र देखे, उनी तुरून्त नजिकको बेलियाघाट पुलिस स्टेशन गए र पुलिस अफिसर सर्बनी विश्वासलाई दिए। अरिजीतले यो पर्स यसको मालिकलाई दिन भने।

पुलिसले पर्सवालाको मालिकलाई सम्पर्क गर्‍यो र उसलाई थानामा बोलायो। पर्सको मूल मालिकको नाम लालमोहन दास हो र उनी केहि समय पछि पुलिस स्टेशन आइपुगे ।

आफ्नो सामानहरू प्रमाणित गरेपछि पुलिसले ती कागजात र पैसा उनलाई हस्तान्तरण गर्‍यो। । त्यो क्षण लालमोहन निक्कै खुशी भए । व्यक्तिको इमान्दारीतादेखि स्तब्ध गए ।

आफू निक्कै चिन्तामा रहेकाबेला इमान्दारितापूर्वक पर्स दिएको उनलाई धन्यवाद दिए । केही नोट दिन खोज्दै थिए । तर डेलिभर व्वाईले लिन मानेनन् । उनले यो आफ्नो सामाजिक उत्तरदायीत्व भएकाले केबल धन्यवाद दिन भने ।

कोलकाता पुलिसले अरिजित कर्माकरलाई उनको इमानदारीको लागि सम्मान गर्‍यो र त्यस्तै काम गरेकोमा कोलकाता पुलिसका पुलिस उपायुक्त प्रियव्रत रोयले पनि उनको सराहना पत्र पठाए ।

 

सम्बन्धित खबरहरु