काठमाडौ । यहि मिति २०७८ साल असार १४ गते साझ ४ः३० बजे देखि घर बाट यहि पोसाकमा निस्किएकी हाम्री छोरी बिना सापकोटा हराएकी छिन् ।

हाम्रो मुटुको टुक्रा नानी अहिलेसम्म पनि कसैसङ्ग पनि सम्पर्कमा नआएकाले देख्नुहुने र भेट्नुहुने महानुभावहरुले जति सक्दो छिटो नजिकैको प्रहरी कार्यालयमा गई वा तल दिइएको सम्पर्क नम्बर ९८५५०६३९५६ मा छिटो भन्दा छिटो सूचित गराइदिनु अनुरोध गर्दछु ।

देख्नुहुनेसम्म पुर्याउन यो सन्देश जतिसक्दो सेयर गरिदिनुहोला । हाम्री छोरी असार १४ गते साझ ४ः३० बजेसम्म हामीसँग नै खुशी साथ बसेकी थिइन् ।

घरमा र उनमा कुनै समस्या थिएन । केही भएपनि भनिहाल्ने उनको बानी थियो । घरपरिवारमापनि त्यस्तो कुनै बन्देज थिएन ।

युवा अवस्थामा रहेकी छोरी कोहीसँग विवाह गरेर गइन् भन्नेपनि कुनै शंका छैन ।

किनकी त्यस्तो केही भए जानकारी दिनसक्ने पारिवारीक वातावरण थियो । कुनै अप्ठ्यारोपनि उनमा थिएन । बीबीएस तेस्रो वर्ष लगनशील बनेर पढिरहेकी थिइन् ।

उनको पढाईपनि एकदम नै राम्रो थियो । घरपरिवार सबै मिलेर बसेका थियौँ । उनको साथीभाई ईष्टमीत्रमा कुनै समस्य थिएन ।

के कारण हराईन् भन्ने कुनै शंका छैन । हामी यही सूचनाबाट भन्न चाहान्छौ । छोरी तिमीलाई कुनै भवितव्य परेको छ ।

कुनै निर्णय लिन नसकेर केही मनमा भएर तिमीले घर छोडेकी छौ भने हाम्रो सम्पर्कमा आउ । जे जस्तो अवस्था हो सबै समाधान र सहज बनाउन हामी तिम्रो साथमा छौ ।

यदि तिमीले नै यो पोष्ट देख्यौँ भने आमा बाबा घरपरिवार भनेर जतिसक्दो छिटो सम्पर्क गर छोरी । तिमी हाम्रो मुटुको टुक्रा हो । तिमी नहुँदा हामीलाई कठिन छ । जो कोहीले देख्नुभयो भने तत्काले यो नम्बरमा सम्पर्क गरिदिनुहोला । ९८५५०६३९५६

नाम : बिना सापकोटा
वर्ष: २१
ठेगानाः गैडाकोट -४, नवलपरासि
अध्ययन : बीबीएस तेस्रो वर्ष

 

सम्बन्धित खबरहरु