काठमाडौ । नेपालमा पहिलोपटक किसानको लागि जागिरको विज्ञापन खुलेको छ ।

तलब नै ३२ हजार तोकिएको छ । बतास एग्रो कृषि बहुउदेश्यीय परियोजनाले किसानको माग गरेको हो ।

साथै ७ लाख बराबरको दुर्घटना बिमा, ३ लाख बराबरको औषधि उपचार बिमा, ३ लाख ५० हजार बराबरको प्राकृतिक म्यादि जीवन बिमा समेत दिइनेछ ।

२०० रोपनी जमिन दिइनेछ, अतिरिक्त उपहारमा जर्सी गाई देखि खान बस्नका लागि सबै सुविधा र सामानहरु दिइनेछ ।

मोबाईल र फोन गर्न फोन खर्च समेत दिइनेछ । मोटरसाईकल चलाउन जान्ने र लाइसेन्स प्राप्तलाई मोटरसाईकल किन्न ५० प्रतिशत रकम दिने र बाँकी ५० प्रतिशत किस्ताबन्दिमा अनुदान उपलब्ध गराईनेछ ।

पशुपालनबाट प्राप्त आम्दानी ६० प्रतिशत किसान र ४० प्रतिशत मात्र बतास एग्रो प्रा.लि.लाई उपलब्ध गराउनुपर्ने छ ।

यो दुनियाँकै नौलो परियोजना हो । किसानलाई जमिनपनि दिने, मासिक तलबपनि दिने, उपहार र सुविधा नै सुविधापनि दिने ।

र उत्पादनको ६० प्रतिशतपनि दिने योजना किसानको लाभका लागि छ । यसैले अहिले यो विज्ञापन खुबै भाइरल बनेको छ ।

सबैले सल्यूट गर्दै सेयर गरिरहेका छन् । तपाई इच्छुक भए भक्त कार्की मोबाईल नं. ९८०१९३५७१० मा फोन गर्नुहोला । यो जो कोहीले देख्नासाथ सेयर गर्नुहोला । जसले किसानमा उर्जा आओस् ।

सम्बन्धित खबरहरु