जनबोली/कला व्यूरो । नेपाली लोक गायन क्षेत्रकी चर्चित गायिका मुना थापा मगरले प्रेममा धोकेवाजको विल्ला भिरेकी छन् । जब पुरानो प्रेमीलाई छोडेर, अर्को नयाँ प्रेमीको प्रमिय सन्सारमा मुना पालग प्रेमी बनिन् त्यपछि उनलाई प्रेममा धोकेवाजको आरोप लागेको छ । भुतपुर्व प्रेमीले लगाएको आरोप अनुसार उनी आजकाल अन्तै व्यस्त हुन थालेकी छिन् । संगै जिउने मर्ने कसम खाएका उनीहरुको प्रेममा तेस्रो व्यक्तिको प्रवेश भएपछि उनीहरुको सपना सिसा टुक्रिएजस्तै चकनाचुर भएको छ ।

अहिले मुनालाई अरुसँगै व्यस्त भएको आरोपपनि लागेको छ । आरोप लगाउनुको कारण भने जतिखेरै मोवाईल व्यस्त हुनु नै हो । मुनाको फोन जतिखेरै व्यस्त हुन थालेपछि उनीहरु कोही संग व्यस्त हुन थालेको आशंका गरिएको छ । मुनाले पनि उस्तै गुनासो गर्न थालेकी छिन् । यो कहानी भने वास्तविक जीवनमा मेल खाँदैन । उनको भर्खरै सार्वजानीक भएको एक लोक दोहोरीको कहानी हो । यो शंका उपशंका मुना थापा मगर र रामचन्द्र चन्दको नयाँ लोक दोहोरी गीत फोन व्यस्तको व्यस्तै मा सुन्न अनि भिडियोमा हेर्न पाईन्छ ।

मुना थापा मगर र रामचन्द्र चन्दको स्वर रहेको उक्त लोक दोहोरी गीतको शब्द भने सुर्य न्यौपानेको हो । रामचन्द्र चन्दकै लय रहेको उक्त गीतको भिडियोमा संजय मगर, पुजा लामा र सीता विसांखेको अभिनय रहेको छ । संजय घिमिरेको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोलाई टि टाईम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु