काठमाडौं । मध्यरातमा भारतको केन्द्रीय राजधानी नयाँ दिल्ली भुईंचालोले हल्लिएको छ । आज राति धक्का महसुस गरिएको हो ।

सोमबार राति ११ बजेतिर भुईंचालोको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.७ रेक्टर स्केलको भुईंचालो गएको हो ।

केन्द्रबिन्दु हरियाणाबाट दश किलोमिटर दक्षिणमा परेको भूकम्प मापन केन्द्रलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भुईंचालोबाट जनधनको क्षति नभएको जानकारी दिइएको छ ।

पूर्वानुमान र क्षति न्युनिकरण
भुईंचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुईंचालो जानसक्ने सङ्केत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ।

असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भुईंचालोबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ ।

भुईंचालोको भविष्यवाणी गर्न सकिँदैन। भुईंचालोबाट बच्ने उपाय भनेको भुईंचालो पूर्व गर्नुपर्ने तयारी नै हो।

सम्बन्धित खबरहरु