काठमाडौ । पैसाले जिन्दगी किन्न सकिने रहेछ । त्यहि पैसा नहुदा मृत्युसँग हार्न बाध्य हुनुपनि पर्ने रहेछ ।

अहिले धनबहादुर बिक पैसा र जीवनबीच लडाई गरिरहेका छन् । पैसाभन्दा अर्को ठूलो कुरो के नै पो रैछ र । मान्छे बाच्नको लागि पैसा चाहिदो रहेछ ।

यो कुरो यो परिवारले भन्दा मजाले अरु कस्ले बुझेको होला र ।धनबहादुर बिक क्यान्सर पिडित हुन् ।

तीनजना सन्तान र श्रीमती जो धनबहादुरलाई कुरेर बसिरहेका छन् । धनबहादुर बताउछन् कि उपचारकै लागि भनेर जग्गा जमिन पनि सकियो ।

अहिले मेरा लाल–बालाहरुको बिजोग भएको छ । रुन मन लाग्छ तर कति रुने धनबहादुर भन्छन् ।

छोरिहरु त झन यतिसम्म भन्छन् कि हाम्रो बाबालाई ठिक पार्दिनुस् बरु हामी भोक–भोकै बस्छौ । कठै बिचरीहरु आफ्नो आखै अगाडि आफ्नो बुवा यो अवस्थामा रोएको कराएको धन्न सुन्न भने सकिरहेका छन् ।

बुवालाई ती छोरिहरुको कति धेरै स्नेह हामी पनि भावमग्न भयौ।

उनीहरु भन्छन् बरु हामी भोकै बस्छौ बाबा बचाउन चाहिले आर्थिक सहयोग जुटाईदिनुहोस् । अहिले धनबहादुरलाई सहयोगको खाँचो छ । तपाई जो कोहीले मानवीयता देखाएर सहयोग गरिदिन आग्रह गर्दछौ ।

सम्बन्धित खबरहरु