cric-4नेदरल्याण्ड र केन्या नेपालको लागि तुषारा बन्यो

नामिबियामा जारी आईसिसी क्रिकेट लिग डिभिजन टुमा नेपाल केन्यासँग ५ विकेटले पराजय भएको छ । हारसँगै नेपाल फाइनलमा पुग्न असफल भयो । यसले डिभिजन वानमा पुगेर अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसीप खेल्ने नेपालको अब नेपाल डिभिजन टु मै रहने भएको छ र लिगमा तेस्रो स्थानको लागि केन्यासँग प्लेअफ खेल्नेछ ।

जारी क्रिकेट लिगबाट नामिबिया र नेदरल्याण्ड डिभिजन वानको लागि बढुवा भएको छ । सामान्य सुरुवात गरेको नेपालले ४९.५ ओभरमै सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो । सुरुवात र मध्यक्रमका ब्याटिङ लाईनले लय लिन नसकेपछि नेपालले पराजय बेहोर्नु परेको हो । नेपालकालागि उपकप्तान ज्ञानेन्द्र मल्लले खेल जीवनकै उत्कृष्ट ब्याटिङ गरेर ९१ रन बनाएका थिए ।

जवाफी मैदानमा उत्रिएको केन्याले पनि सुरुवातमै २ विकेट गुमाउँदा नेपालको खेल लयमा फर्किएका थिया । केन्याली ब्याट्स म्यानले उत्कृष्ट खेल पस्कँदै ३५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य चुमेको हो ।

सम्बन्धित खबरहरु