प्रभु जयसवाल, काठमाडौ । कत्तै माधव नेपाल जग्गा दलाल त होईनन् ? यो प्रश्न अव उनीमाथी जनजनले गर्ने बेला आएको छ ।

असार ३–४ गते तिरको कुरा हो गौर नगरपालिका मेयर अजय गुप्ता र नागरिक समाजका अध्यक्ष श्री जग्गरनाथ प्रसाद केसरी जि को बार–बारको मोबाइल कल गर्दा गौर राइस मिलको जग्गा अधिग्रहण को लागि प्रदेश सरकारले रु १५ करोड बजेट छुट्टैयाएको रहेछ तपाई एक चोटि गृह मन्त्रालय र अर्थ मन्त्रालयमा सहमति पत्र प्रदेश न २ को नाममा पठाउन लगाउन पहल गर्दिनुस् भनेर भन्नू भो तर मेरो कर्म–भूमी काठमाडौं भए पनि जन्मभूमि गौरको माया लाग्छ ।

गौर राइस मिल को जग्गा नक्कली जग्गाधनीहरु जो रौतहटको नामुद तस्करहरु को मिलोमतोमा कब्जा गर्न खोजी रहेका छ्न ।

गौरवासी, जिल्लावासीको साथै पूर्व माननीय, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सरकारले नेपाल सरकारको मातहत जग्गा अधिग्रहण गर्न मन्त्रीस्तरीय निर्णय गर्नु भयो तर किन जग्गा अधिग्रहण गर्नका लागि माधवले बजेट निकासा गर्नु भएन ?

कत्तै माधव नेपाल पनि माफियाहरुको साथमा मिलेको त होइन ? होईन भने त्यो बेला माधव नेपालले किन मुवाब्जा दिएनन् ? माधव नेपाल कै बेला ललिता निवास जग्गा भू–माफियाहरु मिलेर बेचेका रहेछ्न् ? कत्तै माधव नेपाल जग्गा दलाल त होईन नि

? साथै माधव नेपालले रौतहट चन्द्रपुर नगरपालिका अन्त्तर्गत निर्माण गरेको जग्गा कत्तै सुकुम्बासी आयोग वा जङ्गल को जग्गा अधिग्रहण गरेर बनाको त होईन ? रौतहट आमनागरिक को चासो को विषय बनेको रहेछ ?

अर्थ मन्त्रालय बजेट महाशाखा का उप–सचिव दिलिप गौतमले कहिले प्रदेश सरकार, कहिले उद्योग मन्त्रालय कहिले गृहमन्त्रालयको पत्र लुकाइ दिने र अनावश्यक दुख दिने कार्य गरे तर म प्रभु जयसवाल र उपत्यका (काठमाडौं ,भक्तपुर र ललितपुर) डिभिजन खानेपानी कार्यलयका प्रमुख डि. अनिल केसरी हामी दुबै जना आफ्नो कार्य ब्यवस्था छोडेर पनि गौर राइस मिलको जग्गा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको मात हातमा आयो भने गौरवासीको ठूलो जित र माफियाहरु को वज्रपात नै हुन्थ्यो गौर राइस मिल जग्गा अधिग्रहण गर्ने कार्यमा निवर्तमान माननीय अनिल झा को पनि योगदान रहेको छ ।

गौर नगर पालिकाको मेयर, युवा, बुद्धीजिबी, पत्रकार विभिन्न पार्टी का नेताहरुसँग आग्रह गर्दैछु जग्गा माफियाहरुलाई साथ दिने पत्रकार नेताहरुलाई खोजी–खोजी समाजिक बहिष्कार को साथै कालोमोसो दलौ र भू–माफिया को चुङ्ग्ल बाट जोगाओ र क्रीकेट रंगशाला बनाऔ। साथै निम्न पत्रहरु को पनि अध्ययन गरौ र बुझौ ।

साथै मैले केही पत्रकार साथिहरु लाई पनि जानकारी गराए आ–आफ्नो तरिकाले पोष्ट गरेर दवाब बनाऔ । यो देश र माटोको रक्षाका लागि सबै एक बनौँ ।

सम्बन्धित खबरहरु