काठमाडौं । लोकसेवा आयोगले विभिन्न विज्ञापनका सूचनाहरु जारी गरेको छ ।

आजको गोरखापत्र दैनिकमा आयोगले विभिन्न सूचनाहरु प्रकाशित गरेको हो ।

सूचनामा भनिएको छ, ‘लोकसेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई द्वितीय चरणको परीक्षा र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

अन्तिम चरणको परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २-२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ ९सात०दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनुपर्नेछ ।

आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरु नपु¥याएमा जुनसुकैबखत दरखास्त रद्द हुनेछ ।

छनौट भएका उम्मेदवारहरुले देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।

अन्तिम चरणको परीक्षा र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ ।’

अन्य सूचनाहरु यसप्रकार रहेका छन्ः सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कृषि सेवा, भेटेरिनरी समूह रा.प. प्रथम र द्वितीय श्रेणीका देहायका बढुवा सूचना तथा विज्ञापनहरु आयोगको मिति २०७८।०३।१७ को निर्णयबाट रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

आयोगबाट मिति २०७७ असोज २८ मा प्रकाशन भईहाल स्थगनमा रहेका नेपालइञ्जिनियरिङ्ग सेवा र नेपाल कृषि सेवाको रा.प.द्वितीय श्रेणीकाबढुवा सूचनातथा विज्ञापनहरुमा आयोगको मिति २०७८।३।१७ को निर्णयानुसार मिति २०७८।३।१८ देखि दरखास्त लिने कार्य सुचारु गरिएकोले पूर्वनिर्धारित विधिबाट देहायको अवधिभित्र दरखास्त दिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

दरखास्त सम्बन्धी अन्य शर्तहरु पूर्व प्रकाशित सूचनामा उल्लेख भए बमोजिम हुनेछन्। अनलाइन मार्फत यसपूर्व दरखास्त पेश गरी दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुले समेत यस सूचनामा उल्लेखित दोब्बर दस्तुर मितिको भोलिपल्टसम्म परीक्षा दस्तुर बुझाईसक्नु पर्नेछ ।

उक्त विज्ञापनहरुको परीक्षा कार्यक्रम सम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ । यस सम्बन्धी विस्तृत विवरण आयोगको वेभसाइटमा प्रकाशित गरिएको छ ।

सम्मानित सर्वोच्च अदालतबाट जारी भएका परमादेशको आदेश अनुसार लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७को दफा १० समेतका आधारमा नेपाल इञ्जिनियरिङ्ग सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका देहायका समूह र श्रेणीका पदहरुमा बढुवा, आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले आयोगको आ.व. २०७७/७८ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७७/०६/२८गते प्रकाशित विज्ञापनको अवधि भित्र योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ ।

यस अघि मिति २०७७/०६/२८मा नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.प्रथम र द्वितीय श्रेणीका लागि भएका विज्ञापन तथा बढुवा सूचनाहरु अदालतको परमादेशको आदेश बमोजिम२०७८/०३/१७ मा रद्द गरिएको हुनालेपूर्व प्रकाशित आ.प्र. तथा बढुवा सूचनाहरुमा दरखास्त दिएका उम्मेदवारहरुले समेत पुनः दरखास्त पेश गर्नुपर्नेछ ।

सम्बन्धित खबरहरु