काठमाडौ । सामाजिक सेवालाई मानिसहरुले विज्ञापन बनाएका छन् ।

आफूले भन्दापनि अरुबाट उठाएर बाँड्न गएका, दिएका पोष्टहरुले सामाजिक सञ्जाल छपक्कै छोपिन्छ ।

साथसाथै मिडियाका क्यामेराहरु लिएर हिड्ने र प्रचारका लागि कुनै कसर बाँकी नराख्ने उनीहरुको बानि छ ।

तर कुनै बेलाका निक्कै लोकप्रिय नेपाली अभिनेता रमित ढुंगानाले कुनै प्रचार प्रसार नगरी चुपचाप साढे २ करोड भन्दा धेरै सहयोग गरिसकेका छन् ।

नेपालको वर्तमान अवस्थाका कारण प्रभावित भई सहयोगको खाँचो परेका पिडितहरूलाई प्रचार प्रसार बिना नै अनि आबद्ध इन्त्र फाउन्डेसन मार्फत २.५ करोड भन्दा बढीको सहयोग गरेको छन् ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट ५० लाख भन्दा बढी चन्दा स्वरुप सहयोग गरेको छन् ।

हजारको सहयोग गरेर लाखको प्रचार प्रसार गर्नेहरुको भिडमा उनी कुनै पनि ठूलो प्रचारप्रसार बिना महामारी पछि सक्रिय रूपमा सामाजिक सेवामा संलग्न छन् ।

ढुंगाना राम्रो निक्कै लोकप्रिय फिल्महरु र सुपरहिट गीतहरूमा उनको भूमिकाले जो कोहीको नजरमा परिचित छन् ।

वर्तमान परिस्थितिमा निस्वार्थ, स्वच्छ, दयालु कार्यका माध्यमबाट पनि उनी हाम्रो मनमा बस्न सफल भएका छन् ।

सम्बन्धित खबरहरु