काठमाडौ । १६औं संस्करणको यूरो कप फुटबल प्रतियोगिताको उपाधिका लागि जारी फाइनल खेलमा इङ्ल्याण्डले अग्रता लिएको छ ।

इटालीसँग जारी प्रतिस्पर्धामा इङ्ल्याण्डका ल्यूक शॉले खेल सुरु भएको २ मिनेटमा नै गोल हाने

इङ्ल्याण्ड र इटाली यूरोपियन च्याम्पियन बन्ने दाउमा छन् । तर अब इटालीलाई अलिक असहज देखिन्छ ।

फाइनल खेल लण्डनस्थित वेम्ब्ली स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि प्रारम्भ भएको छ ।

फाइनल खेलामा एकातिर इटाली दोस्रो पटक उपाधि जित्ने दौडमा हुनेछ भने इङ्ल्याण्ड पहिलो पटक उपाधि आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ ।

यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा भएको यूरो कपको उपाधि जितेको थियो ।

उसले युगोस्लाभियालाई फाइनलमा रोक्दै उपाधि जितेको थियो ।

सोही संस्करणमा इङ्ल्याण्ड तेस्रो स्थानमा सीमित बनेको थियो ।

इङ्ल्याण्ड दोस्रो पटक सन् १९९६ मा आफ्नै मैदानमा आयोजना भएको यूरो कपमा पनि तेस्रो स्थानमा सीमित बन्न पुगेको थियो ।

सन् २०२० को संस्करणमा भने इङ्ल्याण्ड फाइनलमा पुगेको छ ।

इङ्ल्याण्ड यूरो कपको इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।

सेमिफाइनलमा इङ्ल्याण्डले डेनमार्कलाई स्तब्ध बनाउँदा इटालीले तीन पटकको विजेता राष्ट्र स्पेनलाई रित्तो हात घर फर्कायो ।

सम्बन्धित खबरहरु