काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिय संविधानकालागि आफुले पनि पहल गरिरहेको बताउँदै थप पहलकालागि आग्रह गरेका छन् ।
अध्यक्ष दाहालको निवास लाजिम्पाट पुगेका नेता थापाले दलहरुका बीचमा बढ्दै गएको अविश्वार र ध्रुविकरणले जनता निरास भएको बताउँदै सहमतिका साथ अघि बढ्नुपर्ने बेलामा विभाजीत मानसीकता बोकेर नहिड्न दाहाललाई आग्रह समेत गरे ।
दाहालले पनि सहमतिको बावावरण बनाउनकालागि पहल थाल्न थापालाई आग्रह गरेका थिए ।
नब्बे टेक्न लागेका पाका नेता थापाले सहमतिकालागि अग्रसरता देखाएका छन् । बयोवृद्ध नेताले सहमतिकालागि विनम्र आग्रह गर्दा एमाओवादी अध्यक्ष प्रचण्ड भावुक बनेका थिए ।
उनले अन्य ठुला दलका शीर्ष नेताहरुलाई पनि भेटेर सहमतिको वातावरण बनाउने प्रयत्न थाल्ने मालिगाउँ स्रोतले जनाइएको छ ।