काठमाडौ । सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्री केपी शर्मा ओली पदच्यूत भएकाले उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन् ।

 

 

ओलीको संसद विघटनको कदम असंवैधानिक ठहर गर्दै संसद पुनः स्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार बनाउँन परमादेश दिएपछि ओली पदबाट पदच्यूत भएका हुन् ।

उनी आजैबाट कामचलाउ प्रधानमन्त्री बनिसकेका छन् । भोली नै देउवाले सानो आकारको मन्त्री मण्डल बनाउँने निर्णय लिइसकेका छन् । देउवा मुलुकको पाँचौ पटक प्रधानमन्त्री बन्दैछन् ।

राजनीतिक अवस्था फरक आएपछि ओली राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको हैसियतमा भेट्न अन्तिम पटक राष्ट्रपति भवन शितल निवास पुगेका छन् । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको छ । उनले अब सरकारी निवास छोड्ने जानकारी दिएका छन् ।

भोलि देउवाले सरकार बनाउने भएकाले भालि बिहानै ओलीले बालुवाटार छोड्ने तयारी रहेको स्रोतको दावी छ । ओली बालुवाटारबाट ओली निवास बालकोट जाँदा कार्यकर्ताहरुले जुलुस लगाउँने तयारी गरेका छन् ।

सर्वोच्च अदालतले आज गरेको फैसलालाई लिएर राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए ।

सर्वोच्चको आदेशबाट बहिगर्मन निश्चित भएपछि उनी छलफलका लागि शीतलनिवास पुगेको स्रोतले बतायो । प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको थियो ।

तर सर्वोच्चको आदेशबाट स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्नेबारे कुराकानी भएको स्रोतको भनाइ छ । देउवा भोलि नै सिंहदरबार र बालुवाटार जाने भएकाले ओलीले अब के गर्न सकिन्छ भनेर समेत परामर्श गरेका छन् ।

उनले आजै वा भोलि बिहानै बालुवाटार छोड्नुपर्नेछ । वा अरु कुनै विकल्प छन् की भनेर परामर्श जारी छ । राष्ट्रपतिले परमादेश अस्वीकार गरेको खण्डमापनि सभामुखले संसद बैठक बोलाउनेगरी अदालतले फैसला गरिदिएपछि अब पूर्ण रुपमा प्रधानमन्त्री पदच्यूत भएका छन् ।

यो अवस्थामा राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने अवस्था सृजना हुनसक्छ । यसैले राष्ट्रपतिले समेत पदबाट राजिनामा दिने हो की भन्ने बारेमा छलफल भइरहेको छ । देश अस्थिरतामा गइसकेकाले अब फरक भूमिकामा उत्रिनेगरी तयारी थाल्न पार्टी भित्र छलफल जारी छ ।

सम्बन्धित खबरहरु