काठमाडौ । हस्ताक्षर दिएर आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवासँग सरकारमा समेट्न भिख मागेका छन् । उनले फैसला लगत्तै आफूहरुलाईपनि सरकारमा समेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई शुभकामना दिएका थिए । यो सरकारमा आफूपनि सहभागी हुने उनको बचन छ ।

संविधान, लोकतन्त्र र विधिको लागि मैले सधै लड्दै आएको छु । शेरबहादुरजीले सबैलाई समेटेर लैजानुपर्नेछ ।

बदलिएको परिस्थितिमा नेकपा एमालेसँग पनि पर्याप्त छलफल गरेर सहकार्यसहित अगाडि बढ्नुहुने विश्वास लिएको छु’ बैठकमा नेपालले भनेका थिए ।

बैठकमा सरकार गठन र पावर सेयरिङका विषयमा छलफल भएको थियो । नेपालले सर्वोच्चको फैसलापछि एमालेको अहिलेको परिस्थितिमा परिवर्तन आउनसक्ने सम्भवना यथावत रहेको भन्दै सुझबुझपूर्ण ढंगले अगाडि बढ्न देउवालाई सुझाएको बताइएको छ ।

उनले अब राष्ट्रपति समेत फेर्न सकिने धारणा राखेका थिए । पावर सेयरिङमा ध्यान दिऔँ राष्ट्रपति देखि सभामुखसम्ममा परिवर्तन ल्याऔँ । उनले भनेका थिए ।

सम्बन्धित खबरहरु