काठमाडौ । एउटा कार कम्पनीका मालिकको सम्पत्ति नेपालको बजेटभन्दा ११ गुणा बढि छ ।

कार निर्माता कम्पनी टेस्ला सन् २००३ मा अमेरिकामा स्थापित भयो ।

यसले इलेक्ट्रिक गाडीहरू र सोलारबाट चल्ने गाडीहरू उत्पादनमा काम गर्दै गयो।

यसरी स्थापनाको ६ बर्ष पछि २००९ मा रोडस्टार भन्ने गाडि उत्पादन गर्यो। सन् २०१० मा सर्वसाधारणलाई शेयर जारी गर्यो। प्रति शेयर ०.००१ डलर छ भने शेयर कम्पनीले १७ डलर प्रति शेयरमा जारी गरेको थियो ।

यो शेयरको मुल्य लगानीकर्ताले आजसम्म २० हजार प्रतिशतले शेयरको मुल्यमा मात्रै मुनाफा गरिसकेका छन।

यसको मार्केट क्यापिटलाइजेशन सन् २०३० सम्म २.३ ट्रिलियन डलरदेखि ३.३ ट्रिलियन पुग्ने अपेक्षा सहित बजारमा यसको मुल्यमा बढोत्तरी हुँदै ७०० डलरको हाराहारी पुगेको छ, जसको मुल्य ९०० डलरसम्म पुगेको थियो ।

शेयर बजारमा अत्याधिक मूल्य बृद्धि हुँदै २२ सय डलर प्रति शेयरभन्दा माथी पुगेपछि सन् २०२० मा टेस्लाले १ः५ को स्टक स्पलिट गरेको छ।

यसको हाल ९६.३ करोड शेयर बजारमा छ भने उक्त शेयरको १८ प्रतिशत कम्पनीको सिइओ एलन मस्कसँग छ।

कम्पनीको शेयर मुल्यमा आएको उछालसंगै एलन मस्कले बिल गेट्स लाई २० विलियनले पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति भएका छन।

हाल उनको सम्पत्ति १५० विलियन अमेरिकी डलर नाघेको छ र यो रकम नेपालको हालको बजेटको ११ गुणाभन्दा बढि हुन्छ भने नेपालको जिडिपिको हाराहारी ४ गुणा हुन्छ।

खुद मुनाफा १.१ विलियन डलर रहेको यो कम्पनीको शेयर मुल्य एक वर्षको अवधी मै ७०० प्रतिशतभन्दा बढिले बढिसकेको छ भने पिइ रेशियो पनि ७०० कै हाराहारीमा छ र अझै बढ्ने अपेक्षा गरिन्छ।

यसरी कम्पनीले प्रगति गर्नुमा बजार, सरकार र नियामकको भुमिका साँच्चै अनुकरणीय छ।

हामी आफै काम गर्दैनौ अनी अरूले काम गरेको पनी रिस गर्छौ। कुनै उद्यमीले कमाई राम्रो गर्यो भने ‘लुट्यो’ भन्दै सबै संयन्त्र उसलाई पछाडि खिच्न पछि दौडिन्छौ। सक्छौं आफै केहि गरौं सक्दैनौँ भने गर्ने हातहरूलाई सहारा दिंउ, खुट्टा नतानौं।

म मेरो देशमा साना साना भएपनी एलन मस्कहरू उठेको हेर्ने चाहान्छु। राजनिती धेरै भयो अवसँगै उद्यम गरौं या उद्यमलाई हात र साथ दिऊ। (नबिल बैंकका डिजिएम मनोज ज्ञवालीको फेसबुकबाट)

 

सम्बन्धित खबरहरु