काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ ।

कतारको दोहास्थित अप्सेटर अस्पतालमा आज उहाँको घुँडाको शल्यक्रिया गरिएको हो । भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उहाँलाई चोट लागेको थियो ।

दश दिनको क्वारेन्टिनपछि उहाँ यसैसाता उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध हुनुहुन्छ ।

सो लिगमा उहाँले १० खेलमा ४३ गोल गर्नुभएको थियो । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो ।

सम्बन्धित खबरहरु