काठमाडौ । प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ ।

प्रदेश २ को लोकसेवा आयोगले उक्त विज्ञापन प्रकाशित गरेको हो ।

आयोगले बिहीबार एक सूचना निकाल्दै नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो ।

अधिकृत सातौं तहमा बढुवाका लागि ४२ जना तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको छ ।

यसैगरी बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन प्रकाशित गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।

तपसिलका पदहरुमा विज्ञापन भएको हो

सम्बन्धित खबरहरु