काठमाडौं । बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ठुलो संख्यामा कर्मचारी चाहिएको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना जारी गर्दै अस्पतालले कर्मचारी माग गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस अस्पतालमा रिक्त रहेका देहाय बमोजिमका पदहरु आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा पदपूर्ति गर्न लोक सेवा आयोगबाट मिति २०७८।०३।३० को पत्रबाट सहमति प्राप्त भएअनुसार देहायको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना गोरखापत्रमा प्रकाशित भएको मितिले २१ दिन भित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नुहुन दरखास्त आह्वान गरिएको छ ।’

नेपालमा क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धानको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रला आत्मनिर्भर बनाई क्यान्सर रोगको रोकथाम, सो रोगबाट ग्रसित व्यक्तिहरूको रोगको निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उनीहरूलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन एक राष्ट्रिय प्रेषण अस्पतालको रूपमा एउटा वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिएको छ ।

अस्पताल चितवन जिल्लाको भरतपुरमा स्थापना गरिनेछ र आवश्यकता अनुसार अन्य जिल्लामा पनि यस अस्पतालको शाखा इकाई स्थापना गर्न सकिनेछ ।

सम्बन्धित खबरहरु