काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौंले नयाँ सूचना जारी गरेको हो ।

स्नातक तह आइसिटी र एनएनई दोश्रो र सातौँ सेमेष्टरको परीक्षा तालिका संशोधन गरिएको सम्बन्धी सूचना प्रकाशित भएको छ ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘यस शिक्षाशास्त्र संकाय डीनको कार्यालयद्वारा संचालित सेमेष्टर प्रणालीको स्नातक तह बीएड (आइसिटी र एनएनई) को दोश्रो र सातौँ सेमेष्टरको क्रमशः मिति २०७८ ।०४।०६ र २०७८।०४।०७ देखि सञ्चालन हुने भनिएको अनलाइन परीक्षाको प्राविधिक तयारी पूरा नभएको कारणले अनलाइन परीक्षातालिका संसोधन गरिएको व्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ ।’

साथै त्रिविले परीक्षा तालिकामा विषयहरु छुट्न वा जुध्न गएमा तुरुन्त महाशाखामा जानकारी गराउन अनुरोध गरेको छ ।

प्रयोगात्मक विषयको परीक्षा लिखित परीक्षा सकेको १५ दिन भित्र सम्पन्न गरी महाशाखामा पठाउन अनुरोध गरिएको छ ।

सम्बन्धित खबरहरु