काठमाडौं । ज्योतिष शास्त्रमा १२ राशी छन् ।

यी राशिहरूको आधारमा, व्यक्तिको प्रकृति र भविष्यको बारेमा जानकारी पाउन सकिन्छ ।

हिन्दू धर्ममा, विवाहको कुण्डली विवाह अघि नै मिल्नुपर्छ ।

ज्योतिष शास्त्रका अनुसार केहि राशिहरू पूर्ण रूपमा एक अर्काको बिरूद्ध हुन्छन् ।

यी व्यक्तिहरुलाई कहिल्लै पनि एक अर्काको साथ मिल्दैन । यी व्यक्तिहरू सँधै लडाँई गरिरहन्छन् ।

त्यहाँ यी मानिसहरुको वैवाहिक जीवनमा मनमुटाव पनि भइरहन्छ । आज हामी तपाईंलाई ती राशिको बारेमा बताउछौं, जो एक अर्कासँग मिल्न सक्दैनन् ।

कर्कट र सिंह राशि
ज्योतिषीय मान्यता अनुसार कर्कट र सिंह राशिका मानिसहरू विपरीत प्रकृतिका हुन्छन् । यी राशिको विवाहित जीवनमा खटपट आउछ ।

ति व्यक्तिहरु एक अर्कासंग धेरै समय सँगै बस्न सक्दैनन् । कर्कट राशि भएकाहरु व्यक्ति मैत्री हुन्छन् जबकि सिंह राशि भएकाहरु आफैंमा सीमित हुन चाहन्छन ।

कुम्भ र मकर
ज्योतिषीय मान्यता अनुसार कुम्भ र मकर राशिबीच कुनै मेल खाँदैन् । ति व्यक्तिहरू पूर्ण रूपमा एक अर्काका विपरित हुन्छन् ।

कुम्भ र मकर धेरै समय एकसाथ रहन सक्दैनन् । ति व्यक्तिहरूको विवाहित जीवनमा धेरै समस्याहरू आउँछन् ।

कुम्भ राशि भएकाहरु आफ्नो दिमागले निर्णय लिन्छन् तर मकर राशि भएकाहरु हृदयबाट लिन्छन् ।

वृष र तुला राशि
ज्योतिष शास्त्रका अनुसार वृष र तुला राशि भएकाहरुको वैवाहिक जीवनमा धेरै समस्याहरू आउछन् ।

ति व्यक्तिहरू एक अर्काको विपरीत प्रकृतिका हुन्छन्, जसकारण उनीहरु एकसाथ बस्न सक्दैनन् ।

वृष र तुला राशि एकदमै तीखो दिमागको हुन्छन् । यी दुई राशिको ईगो धेरै हुन्छ । जसकारण उनीहरूको सम्बन्धमा खटपट उत्पन्न हुन थाल्छ ।

सम्बन्धित खबरहरु