काठमाडौं । कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन् । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अस्पताल भर्ना भएकी हुन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । यो कुराको जानकारी कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

डंगोललाई केही दिन अगाडि मिर्गौला सम्बन्धि समस्या देखा परेको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फिर्ता भएकी थिइन् ।

तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । कलाकार दीपाश्रीले सामाजिक सञ्जालमार्फत मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएको जानकारी दिएकी छिन् ।

अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् ।

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियालगायत अभिनय निर्देशन समेत गरेकी छन् ।

सम्बन्धित खबरहरु