माघ १० । नेपाली जनतालाई ठगी गरेको भन्दै संविधानसभाका ६ सय १ सभासद् विरुद्ध रुद्ध दाङका एक व्यक्तिले ठगीसम्बन्धी उजुरी गरेका छन् ।
निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय १ सभासदले जनतालाई ठगेको भन्दै लमही नगरपालिका वडा नं. ११ का डिल्लीराज खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।
इलाका प्रशासन कार्यालय लमहीमार्फत खनालले जिल्ला प्रशासन कार्यालय घोराही दाङमा फ्याक्स पठाईठगीसम्बन्धी उजुरी दिएका हुन् । माघ ८ गते संविधान दिन्छौं भन्दै तलबभत्ता र चुनावमा ३० अर्ब रुपैयाँ सभासदहरुले ठगेको आरोप खनालले लगाएका छन् ।