काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले नयाँ सूचना जारी गरेको हो ।

परीक्षातालिका संसोधन गरिएको सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

त्रिविले स्नातक र स्नातकोत्तर तहको परीक्षातालिका संसोधनसहित सूचना प्रकाशित गरेको हो ।

बीएचएम, बीपीए र बीबीए–एफ दोस्रो, चौथो र छैटौं सेमेष्टर नियमित तर्फको परीक्षातालिका यस प्रकार रहेको छ ।

परीक्षाकेन्द्र अर्को सूचनाका प्रकाशित गर्नेगरी संसोधित सूचना जारी भएको हो ।

साथै त्रिविले तोकिएको मितिमा कुनै आकस्मिक विदा पर्न गएमा कार्यालयको पूर्व सूचना वेगर परीक्षा स्थगन नहुने स्पष्ट पारेको छ ।

अर्कोतिर परीक्षाको लागि चाहिने लगबुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैंले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्न भनिएको छ ।

त्रिविले प्रवेशपत्र नभएकाहरुलाई परीक्षामा सम्मिलित नगराउने पनि स्पष्ट पारेको छ ।

कुनै परीक्षार्थीको विषय जुध्न वा छुट्न गएमा मिति २०७८ साउन १० गतेभित्र कार्यालयमा सःप्रमाण लिखित सम्पर्क राख्न अनुरोध गरिएको छ ।

सम्बन्धित खबरहरु