काठमाडौं । विश्वभर झण्डै ५ अर्ब मानिसहरु गुगलको प्रयोग गर्छन ।

सानो–सानो कुरामा पनि गुगलको सहयोग लिनेहरुको संख्या निरन्तर बढ्दै गइरहेको छ ।

नेपालमा पनि करोडौंको संख्यामा प्रयोगकर्ताहरु रहेका छन् ।

गुगललाई प्रविधिको दिग्गज कम्पनीका रुपमा लिने गरिएको छ ।

तर समय–समयमा गुगल सर्च इन्जिनमा तपाईंले एउटा खोज्दा अर्को देखाउनेसहितका समस्याहरु भोग्नु परेको हुनसक्छ ।

अहिले तपाईंले नेपालको फटाहा अर्थात अंग्रेजीमा फटाहा इन नेपाल (Fataha of Nepal) भनेर खोज्नुभयो भने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाम आउँछ ।

देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदालतको आदेशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।

त्यसपछि नै गुगलमा देउवालाई देखाएको हो । फटाहा इन नेपाल भनेर खोज्दा आउने नतिजामा नेपालका प्रधानमन्त्रीको बारेमा जानकारी आउने गरेको छ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गुगलमा ‘फटाहा इन नेपाल’ अथवा ‘फटाहा अफ नेपाल’ भनेर सर्च गर्दा उहाँको नाम र फोटो देखाउन थालेको छ ।

गुगलले यस्ता गल्ती यो भन्दा पनिले पनि धेरै पटक गरिसकेको छ । मानिसहरुको जन्मदिन गलत, विवाह, जन्मस्थल मात्रै नभई एउटाको तस्विरमा अर्काको परिचय दिने गरेका घटनाहरु पनि घटेका छन् ।

विश्वका शीर्ष व्यक्तिहरुका बारेमा गुगलले दिने गलत जानकारी तत्काल पत्ता लाग्ने भएका कारण धेरैले यी कुराहरु थाहा पाउन सक्छन् ।

यसरी गलत नजिता आउनुका पछाडि गुगल एल्गोरिदमको भुमिका रहेको छ । यी विषयमा सम्बन्धित निकायले उजुरी दिएपछि गुगलले तत्कालै यसलाई सच्याउछ ।

गुगलले देखाउने नतिजाहरु धेरै माध्यमबाट लिने गर्दछ । गुगलले विभिन्न माध्यमबाट कि वर्ड लिन्छ र त्यसलाई विभिन्न पेजसँग दाँजेर र्‍याङ्किङ गर्छ ।

सोही आधारमा गुगलले उत्कृष्ट परिणाम प्रस्तुत गर्ने गरेको छ । कुनै एक व्यक्तिले चाहेर गुगल सर्चको रिजल्ट फरक पार्न सकिदैँन् ।

सर्वोच्च अदालतको परमआदेशपछि सामाजिक सञ्जालमा धेरैले देउवालाई फटाहा भन्दै स्टाटस राख्न थालेका थिए । सोही कारण गुगलमा पनि त्यसको प्रभाव परेको बताइन्छ ।

 

सम्बन्धित खबरहरु