काठमाडौं । कोरोनाभाइरस संक्रमणसँग सिंगो विश्व लड्दैछ ।

चीनको वुहानबाट शुरु भएको कोभिड–१९ बिरूद्ध खोप पनि आइसकेको छ ।

तर कोभिड भाइरसका नयाँ रूपहरु आउन थालेपछि नयाँ चिन्ता पनि शुरु भएको छ ।

यसैबीच, चीनबाट अर्को डरलाग्दो भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको खुल्न आएको छ ।

मङ्की बी (बीभी) भाइरस संक्रमणबाट पहिलो मृत्यु पुष्टि गरिएको हो ।

मङ्की बीबाट एक पशु चिकित्सकको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

जानकारी अनुसार यस भाइरस संक्रमणबाट चीनमा पहिलोपटक कुनै मानिसको मृत्यु भयो ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ५३ वर्षीय पशु चिकित्सकले मार्चको शुरुमा दुई मृत बाँदरको शल्यक्रिया गरेका थिए ।

डाक्टरले एक संस्थानको लागि काम गर्दै थिए, जसले गैर मानव प्राइमेटहरूमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

डाक्टरमा बान्ता हुनेजस्ता लक्षण देखा परेको जनाइएको छ । यद्यपि उनका परिवारका सदस्यहरूमा कुनै लक्षण नदेखिएको बताएका छ । उनीहरु पूर्ण रूपमा सुरक्षित छन् ।

ग्लोबल टाइम्सले चीनमा देखा परेको बीभीको यो संक्रमण नै पहिलो घातक र चिकित्सकीय रेकर्ड भएको उल्लेख गरेको छ ।

अन्वेषकहरूले अप्रिलमा डाक्टरको सेरेब्रोस्पाइनल फ्लुइडलाई संकलन गरेका थिए ।

त्यसपछि नै उनलाई त्यस भाइरस संक्रमण भएको पत्ता लाग्यो । उनका नजिकका व्यक्तिको परिक्षण परिणाम भने नकरात्मक आयो ।

अखबारका अनुसार बीभी भाइरस पहिलो पटक सन् १९३२ मा देखा परेको थियो ।

यो अल्फाहेर्पाइरस हो । यो शारीरिक सम्पर्कको साथ सीधा सम्पर्क मार्फत फैलिन सक्छ । यसको संक्रमण आएकामध्य ७०–८० % मृत्युदर रहेको छ ।

सम्बन्धित खबरहरु