काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्नुहुने भएको छ । आजदेखि जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ ।

प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिनुभएको थियो ।

आइतबार विश्वासको मत लिदैँ प्रधानमन्त्री देउवाले आम नागरिकलाई खोप लगाउने कुरा नै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भएको उल्लेख गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु