काठमाडौ । केही दिन यता नेपाली बजारमा सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ ।

कहिले बढेको हुन्छ त कहिले घटिरहेको हुन्छ ।

ह्वात्तै बढेको सुनको मुल्य फेरी घटिरहेको हुन्छ ।

यही क्रममा साताको पहिलो दिन आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज दोस्रो दिन सोमबार २ सयले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

यसैगरी, चाँदीको मुल्य भने आज ५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भैरहेको छ ।

अन्तर्राष्ट्रि बजारमा सुनको मुल्य घटबढ हुँदा नेपालमापनि प्रभाव परिरहेको हुन्छ । यति मात्र हैन ।

स्थानीय बजारमा चलनचल्ति ज्यादा आउँदापनि केही सानो मुल्यमा तलमाथी हुने गर्दछ ।

सम्बन्धित खबरहरु