काठमाडौं । नतिजा प्रकाशनसम्बन्धी त्रिभुवन विश्वविद्यालय अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि कानुन संकायले नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरेको हो ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘त्रिवि कानुन संकाय परीक्षा संचालक समितिको मिति २०७८ साल श्रावन ४ गते बसेको बैठकको निर्णयानुसार स्नातक तह बी.ए.एल.एल.बी दोस्रो सेमेष्टर अन्त्य परीक्षा २०७६ को परीक्षाफल प्रकाशन गरिएकोले सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विस्तृत जानकारीका लागि सम्बन्धित कलेजहरूमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ । परीक्षाफलको ग्रेड सीट नतिजा प्रकाति भएको मितिले ७ दिनभित्र उपलब्ध गराइनेछ ।

प्रकाशित नतिजा उपर चित्त नबुझ्ने परीक्षार्थीहरुले नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि नियम अनुसार प्रति विशेष रु ५०० मात्र कानुन संकाय डीनको कार्यालयको नाममा रहेको नेपाल बैंक लि. को चल्ती खाता नम्बर २१७००१००१९२४३४०००००१ मा रकम जम्मा गरेको सक्कल भौचर समेत संलग्न गरी कार्यालयमा लिखित निवेदन दिन वा त्रिवि कानुन संकायको इमेल ठेगानामा उपरोक्त बमोजिम रकम यस कार्यालयको खातामा जम्मा गरेको सक्कल भौचरमा नाम, सिम्बोल नम्बर र मोबाइल नम्बरसमेत स्पष्टसँग लेखेर सोको स्क्यान प्रति संलग्न गरी इमेल मार्फत निवेदन दिन सक्ने त्रिविले जानकारी गराएको छ ।

परीक्षाफल सकेसम्म शुद्ध होस भन्ने उद्देश्य राखेर प्रकाशित गरिएको पनि त्रिविले स्पष्ट पारेको छ । तथापि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा कार्यालयको अभिलेख बाट सच्याइने व्यहोरा समेत अवगत गराइएको छ । अनलाइन नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

सम्बन्धित खबरहरु