काठमाडौ । नेपाली बजारमा सुनको मुल्य लगातार उकालो लागिरहेको छ । आज नेपाली बजारमा सुनको मुल्य ५ सयले बढेको हो ।

सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तर, चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेको छ ।

आज प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा सुनको मुल्य घटबढ हुने कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य घटबढ हुनु नै हो ।

यसैगरी स्थानीय बजारमा माग बढ्दा बढ्ने र माग घट्दा घट्नेपनि गर्दछ ।

यतिमात्र हैन की नेपालमा अवैध सुनको कारोबार धेरै छ । चोरीको सुन कारोबार हुँदापनि मुल्यमा थपघट भइरहेको हुन्छ ।

सम्बन्धित खबरहरु