काठमाडौ । नेपाली फिल्ममा पछिल्लो समय बेग्लै पहिचान बनाउन सफल कलाकार पुष्प खड्काको जीवनशैलीपनि निक्कै लोभलाग्दो छ ।

सुरुवात दिनमा उनका फिल्म फ्लप भएपनि निराश नभई अगाडी बढेका खड्काको हातमा अहिले फिल्मको कमी छैन् ।

कैलालीमा जन्मिएका खड्काले म्युजिक भिडियो हुँदै ‘अझै पनि’ फिल्ममा अभिनेताको रुपमा काम गर्ने अवसर पाएका थिए ।

‘मंगलम’ फिल्मले उनको फिल्मी करिअर नै बदल्यो ।

खड्काले सोमबार करीब ७० लाख मुल्य पर्ने हुन्डाईको क्रेटा गाडी खरिद गरेका छन् ।

यस अघि नै घर जोडिसकेका खड्काले सम्पत्ति जोड्नु आफ्नो सपना नभई राम्रो कलाकार बन्ने सपना भएको बताएका छन् ।

हुन्डाईको क्रेटा लग्जरी कार हो । लग्जरी लाईफमा उनी हराईरहेका छन् ।

बैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै पुष्पलाई म्युजिक भिडियोमा व्यस्त छन् ।

उनका फिल्महरु ‘कृष्ण लिला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ प्रदर्शनको क्रममा छन् ।

सम्बन्धित खबरहरु