काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

आज खुमलटारस्थित निवासमा पुगेर उहाँले जानकारी जानकारी लिनु भएको । भेटमा उहाँले सीता दाहालको स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । जानकारी अनुसार खुमलटारमा दुई नेताहरूबीच वार्ता भयो ।

अध्यक्ष प्रचण्डसँगको भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो ।

आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु