काठमाडौं । भारतमा एकाबिहानै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । भारतमा आज, दुई राज्य र एक केन्द्र शासित प्रदेशमा, बिहान सबेरै पृथ्वी हल्लिएको हो । ​भुकम्पका कारण मानिसहरू डराएका थिए ।

आज बिहान मेघालय, राजस्थान र लद्दाखमा ३ घण्टाको अवधिमा भुकम्पको धक्का महसुस गरिएको हो । यद्यपि ति तीन ठाउँहरूबाट अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन । भूकम्प सबैभन्दा पहिला मेघालयमा बिहान २ः२५ मिनेटमा महसुस गरिएको थियो । त्यसको तीव्रता ४.१ रेक्टर स्केलमा मापन गरिएको छ ।

त्यसपछि राजस्थानको बीकानेरमा आज बिहान ५ः३९ मिनेटमा भूकम्पको जोडदार धक्का महसुस गरियो । त्यस भूकम्पको परिमाण ५.३ रेक्टर स्केलमा मापन गरिएको छ । मानिसहरू मस्त निद्रामा रहेको बेला नै भूकम्पले थरथर कमाएको हो । त्यसपछि उनीहरू हतारिएर घरबाट निस्केका थिए ।

सोही समयमा भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले लद्दाखमा पनि भूकम्प आएको रिपोर्ट गरेको छ । आज बिहान ५ः१३ मिनेटमा भूकम्पको धक्का महसूस गरियो, त्यसको तीव्रता ३.६ रेक्टर स्केलमा मापन गरिएको छ । अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।

सम्बन्धित खबरहरु