काठमाडौ । मलेसियामा एक नेपाली जीवन मरणको दोसाधमा रहेका छन् ।

उनलाई उद्धारको खाँचो छ । कृपया सबैले सहयोग गरेर उद्धारका लागि अपिल गरौँ ।

विदेशमा भएर यस्तो पिडामा पर्नु जत्तिको ठुलो दुख सायद केही होइन ।

आफ्नो देशमा रोजगार नभए पछि बाध्यता बस परदेश लागेका खिमबहादुर पुन अहिले अचेत र गम्भीर अवस्थामा छ्न् । सम्बन्धि दूतावासको गम्भीरतापूर्वक ध्यानाकर्षण होस् ।

मलेसियाको आम्पाङ मा निसिखोला गाउँपालिका बाग्लुङ का खिमबहादुर पुन रोजगारीमा थिए ।

उनले रकम कम भएपछि जाँदा लागेको भिसा छोडेर अबैधानीक रुपमा सुरक्षागार्ड को काम गर्दै आएका थिए ।

उनी अचानक बिरामी परेपछी रोजगारदाता ले साधारण औषधी उपचार गरायो । शरीर फुलेर सुनिदै गएको छ ।

अबैधानिक भएकाले राम्रो उपचार रोजगार दाताले गराएन । अहिले उनलाई कसैले वास्ता गर्दैन । बेड मै दिसापिसाब हुन थालेको साथीहरू बताउछ्न ।

हस्पिटलसम्म लैजान पाए बचाउन सकिन्थ्यो कि साथीहरू भन्छन् । उनी आफ्नै कोठामा अचेत अवस्थामा सुतिरहेका छन् ।

समस्या वा दुःख भनेको कसैको जीवनमा बाजा बजाएर आउने होइन ।

कसैले देखेर पनि नदेखेको जस्तो नगरिदिनु होला नजिक हुनेले साथ सहयोग गर्नुहोला मानवीय धर्म जतिको ठूलो कुरा यो संसारमा अरु कुनै छैन ।

सहयोग गर्न नसक्नेले सम्बन्धित निकायको ध्यानाकर्षणका अपिल गर्दै सक्दो सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु